सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको माया मेट्रो अस्पतालले गर्‍याे कर्मचारीको कोरोना विमा

२०७७ जेठ २७, ०१:०५ खबर संवाददाता

धनगढी : धनगढीको माया मेट्रो अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीको कोरोना विमा गरेको छ। अस्पतालमा कार्यरत एक सय २१ जना कर्मचारीको सानिमा जनरल इन्स्योरेन्समा विमा गरिएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदे बताए।

कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम सबै तिर रहेका बेला कर्मचारीको विमा गरिएको उनले बताए। आज अध्यक्ष सावँद र सानिमा जनरल इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सुरज रावलबिच सम्झौता गरिएको छ।

कमेन्ट लोड गर्नुस