धनगढीको शक्ति युवा क्लब क्वारेन्टिनमा खाना खुवाउदै
धनगढी : धनगढीको शक्ति युवा क्लब क्वारेन्टिनमा बस्नेहरुलाई विगत ११ दिनदेखि खाना खुवाउदै आएको छ। भारतमा अलपत्र नेपाली मजदुरहरु कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्किएपछि धनगढीकै वडा नम्बर २ नवदुर्गा माध्यामिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बस्दै आएकाहरुलाई शक्ति युवा क्लबले खाना खुवाउदै आएको हो।
विभिन्न दाताहरुको सहयोयमा क्वारेन्टिनमा बस्नेहरुलाई खाना खुवाईरहेको क्लबका अध्यक्ष नविन विष्टले बताए। दैनिक एक सय ५० भन्दा बढीलाई खाना खुवाउदै आईएको उनले बताए।