१५ औँ स्थापना दिवसको अवसरमा मेलानले मन्त्रालयलाई ज्ञापन पत्र बुझायो
१५ औं स्थापना दिवसको अवसरमा मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय लाई ज्ञापन पत्र बुझाएको छ। मेलानले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामरी प्रदेशमा ल्याभ अभावमा कोरोना परीक्षणका लागि स्वाव संकलन गर्ने कार्य रोकीएको प्रति ध्यानकर्षण भएको जनाएको छ।
मेलान संग आवद्ध स्वास्थ्य प्रयोगशालाका विभिन्न तहका जनशक्तिहरु रातदिन नभनी आफ्नो ज्यान को बाजी लगाइ तोकेको मापदण्ड बमोजिमको आफ्नो व्यक्तिगत सुरक्षाको समेत प्रवाह नगरी कोरोना विरुद्धको लडाईमा लागि रहेको सामाजिक विकास मन्त्रालयललाई बुझाएको ज्ञापनमा उल्लेख गरेको छ। सुदूरपश्चिम प्रदेशमा आवश्यक प्रयोगशालका स्थापना गर्न समेत मेलानले माग गरेको छ।
प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि स्वास्थ्य प्रयोगशाला क्षेत्रलाई व्यापक बनाइ जनता को पहुँचमा स्वास्थ्य प्रयोगशाला सेवा पुयाउन मन्त्रालय संग मेलानले समेत माग गरेको छ।
मेलानका सुप प्रदेश अध्यक्ष दिपेन्द्र तिवारी र मेलान कैलालीका अध्यक्ष मिनबहादुर धामी द्वारा हस्ताक्षर ज्ञापन पत्रमा कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्य प्रयोगशालाकर्मीहरुको उच्च मनोबल राख्न, हौसला प्रदान गर्न प्रेरणादायी बनाउन कर्मचारीलाई धन्यवाद दिएको छ।