सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुल्यो सुनचाँदीको कारोवार

२०७७ जेठ २५, ०९:४२

लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ। बन्दा बन्दी (लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो। सरकारले लकडाउनको ढाँचामा परिवर्तन गर्ने प्रक्रिया शुरु गरेको र सोही बमोजिम सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उद्योग वाणिज्य सङ्घको सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ। सोही अनुसार महासङ्घले सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालनमा ल्याउने उल्लेख गरेको छ। 

सोही अनुसार आज खुलेको बजारमा छापावाल सुनको मूल्य तोलाको  ८७ हजार ४ सय तय गरिएको थियो। यस्तै तेजावी सुनको मूल्य  ८६ हजार ९ सय ६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो। सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो। महासङ्घले आज चाँदीको मूल्य प्रतितोला  ९२५ तोकेको थियो।
 

कमेन्ट लोड गर्नुस