सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको एकिकृत विकास समाजद्वारा स्थानीय तहलाई सहयोग

२०७७ जेठ २५, ०६:५२ खबर संवाददाता

धनगढी : डडेल्धुराको एकिकृत विकास समाज(आइडिइएस) ले दुई स्थानीय तहलाई क्वारेन्टाइनमा आवश्यक सामग्री सहयोग गरेको छ। संस्थाले जिल्लाको आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई विभिन्न सामग्री सहयोग गरेको हो। 

आइडिइएस र मर्सिकोरको साझेदारीमा दुवै स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनका लागि ५०/५० थान ब्ल्याङकेट, २५/२५ थान पि फर्म, बाल्टी, जग, झुल, सेनिटाइजर, साबुन र  ग्लोबस् हस्तान्तरण गरेको संस्थाकी कार्यकारी निर्देशक पदमा गुरुङले बताइन। 

साथै उनले परशुराम नगरपालिका र आलिताल गाउँपालिका अन्तरगतका ९ वटा विपद् व्यवस्थापन समुदायका ९ सय ३४ परिवारलाई सरसफाई सामग्री वितरण गरिएको समेत बताइन। यस्तै आइडिइएसले भित्रिमधेस क्षेत्रमा रहेका विभिन्न स्थानमा सरसफाई सामग्री सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक गणेश थापा मगरले बताए। उनले रेडियो परशुरामलाई समेत सेनिटाइजर सहयोग गरेको बताए। 

एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलोमा सहयोग

एकिकृत विकास समाजले संस्थामा कार्यरत कर्मचारीबाट रकम उठाएर नेपाली काँग्रेसले सञ्चालन गरेको एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलोमा सहयोग गरेको छ। डडेल्धुरामा अलपत्र परेका तथा विपन्नलाई निःशुल्क खाना खुवाइरहेको आपतकालिन चुलोलाई संस्थाले २४ हजार बराबरको ४ क्विन्टल चामल, ५/५ पेटी चाउचाउ र बिस्कुट सहयोग गरेको हो।  

 

कमेन्ट लोड गर्नुस