कैलालीमा क्वारेन्टिनमा बसेकाहरु आन्दोलित, वडा कार्यालय घेराउ
धनगढी : कैलालीको क्वारेन्टिनमा बसेकाहरु कोरोना परीक्षण गर्नुपर्ने माग गर्दै आन्दालित भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को अमर माध्यमिक विद्यालयमा बसेका उनीहरु आन्दोलनमा उत्रिएका हुन।
उनीहरुले नगरपालिकाको वडा नम्बर ६ को कार्यालय घेराउ गरेका छन्। भारतबाट फर्किएको लामो समय हुँदापनि प्रयोगशालामा कोरोना परीक्षण नगरिएको भन्दै वडा कार्यालय घेराउ गरेको रमेश जोशीले दिनेश खबरलाई जानकारी दिए। विद्यालयको क्वारेन्टिनमा रहेका ६२ जना मध्ये कसैको पनि पिसीआर परीक्षण नगरिएको उनले बताए।
आरडिटी पोजेटिभ देखिएकाहरुको पनि पिसीआर परीक्षण नगरिएको भन्दै उनीहरु समुह बनाएर वडा कार्यालयमा आएको वडा अध्यक्ष कमला शर्माले बताइन्। उनले पिसीआर परीक्षणका लागि पहल भइरहेको जानकारी दिइन।