बाजुराका १४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग
२०७७ जेठ २४, १०:५०
आइपास नेपाल र पिसविन बाजुराले जिल्ला अस्पतालसहित १४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग गरेको छ। कोरोना संक्रमणको जोखिम घटाउन प्रयोग हुने सरसफाइ तथा सुरक्षा सामग्री प्रत्येक स्वास्थ्य संस्थामै पुगेर सहयोग गरिएको हो।
स्वास्थ्यचौकीलाई रु १६ हजार ६९८ बराबर तथा जिल्ला अस्पताललाई रु २३ हजार बराबरको सामग्री सहयोग गरिएको आइपास बाजुराका कार्यक्रम संयोजक महेशराज जैशीले बताए।
कमेन्ट लोड गर्नुस