सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्षण नदेखिएको भन्दै कैलालीका तीन कोरोना संक्रमितलाई क्वारेन्टिनमा फर्काइयो

२०७७ जेठ २३, ०९:१२ खबर संवाददाता

 

धनगढी : कोरोना पुष्टि भएपनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पातलले आइसोलेसनमा नराखेरै फिर्ता पठाएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर १४ का २२ बर्षीय युवती, २६ बर्षीय युवक र घोडाघोडी नगरपालिकाका संक्रमित पुरुषलाई सेती अस्पतालले आइसोलेसनमा नराखेर फिर्ता पठाएको हो। बिहिवार कोरोना पुष्टि भएका धनगढीका २६ बर्षीय संक्रमित युवकले आज सेती प्रादेशिक अस्पतालमा लगिएको तर केही जानकरी नै नदिएर फेरी क्वारेन्टिाइनमा फिर्ता पठाइएको बताए।

‘एम्बुलेन्समा बिहान सेती अस्पताल लगिएको थियो,’ संक्रमित युवकले दिनेश खवरलाई भने, ‘हामीलाई अस्पताल पुगाएपछि एक पटक एम्बुलेन्सबाट समेत उतारिएन। फेरी पञ्चोदय माविकै क्वारेन्टिनमा ल्याएर राखिएको छ। चालकले औधषी खानु भनेर दिएका छन्।’ अहिले संक्रमित युवती र उनलाई एउटै कोठामा राखिएको छ। उता घोडाघोडी नगपालिकाका संक्रमितलाई पनि सेती अस्पतालले कोरोनाको लक्षण नदेखिएको भन्दै होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाएको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने उल्लेख भएपछि उनीहरुलाई फिर्ता पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस