प्रेमको डायरी
कविताः
न भोक लाग्छ ,न निद्रा लाग्छ ,के शोक परेछ
सबैले भन्छन ,ए सानी मलाइ, प्रेम रोग लागेछ
गजल नि लेखे,मुक्तक लेखे ,लेख्दैछु सायरी नि
याद आयो भने ,खोलेर पढ्नु ,प्रेमको डायरी नि ।।
तिमिले नै देका, पीडा र चोट ,त्यसैमा लेख्या छु
अर्कैलाइ मन, पराकी थियौ ,सपनिमा देख्या छु
सङ्ग सङ्गै जिउने, सपना देखाउने, सिरानी बेकार
मन ,मुटु दुख्ने ,खै कस्तो, तिमिले गरेछौ पियार ।।
न फोन आउँछ, न मेसेज आउँछ, के माया मारिछौ
कि तिमिले आज, दिलको डेरा, काइ अन्त सारिछौ
बाच्दिन भन्थेउ, तिमी बिना त, कसरी बाँच्या छौ
शङ्कै छ मनमा चोखो प्रेम, काइ अन्त साँच्या छौ ।।
तिम्रो नाऊँको, पहिलो अक्षर, पढ्न मन लाईरन्छ
बिर्सु भने नि, तिम्रो नै मलाइ, झजल्को आइरन्छ
पहिलो पाना,प्रेमको डायरी, तिम्रै नाम लेख्याछु
नदेउ साथ, तिमी बिना अब, बाँच्न नि सिख्याछु ।।
तिमिलाइ नि दोष, दिएको होइन, मै दोषी ठान्द्छु
नरिसाउ प्यारी जे भ्न्छ्यौ त्यही ,अब म मान्दछु
हो यस्तै भन्थे, याद छ कि तिमिलाइ, म कती रोएथे
मध्यरात फोनमा, खस्याथ्यो आँसु, सिरानी धोएथे ।।
हरीस चन्द, कञ्चनपुर