सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीवन पहिलो शर्त

२०७७ जेठ २२, ०७:३७

-टेकराज अवस्थी, डडेल्धुरा

 मानव इतिहासमा विश्वमा एकैपटक ठूलो महामारी र अज्ञात रोग जस्तै फैलिईरहेको कोरोना भाईरस अथवा कोभिड –१९बाट लाखौं जीवनहरु मृत्युको मुखमा पु¥याएको मात्र छैन लामो समय देखि मानविय क्रियाकलापहरुलाई स्तब्ध र आक्रान्त पनि बनाएको छ। 

मानव विकसित वर्तमान आधुनिक युग र सिर्जित परिस्थितिलाई ठाडो चुनौती दिँदै अमूक स्थानबाट बाहिर निस्कदै संसारलाई तरंगित र आतंकित गर्दै विश्व भ्रमणमा निस्किएको कोरोनाले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौं हजारौं मानिसलाई संक्रमणको कब्जामा राखेर यात्रा अगाडी बढाईरहेको छ जुन कम हुने भन्दा पनि तिव्र गतिशिल हुँदै अनपेक्षित र सुरक्षित भनिएका स्थानमा पनि आफ्नो उपस्थिति देखाईसकेको छ। 

कुनै कुराको पनि सकारात्मक र नकारात्मक परिणाम, असर र भोगाई रहेका हुन्छन। विश्वमा यस अघि पनि कैयौं रोग ब्याधहरु बिभिन्न नामले फैलिए, नियन्त्रण भए र समाधान पनि भए तर चन्द्रमामा पुग्ने मानव बिज्ञानलाई समेत आश्चार्यचकित गर्दै बाध्यताबश सामना गर्न विवश तुल्याई दिएको बर्तमान महामारीले हामीलाई केहि र धेरै पाठ पनि सिकाएको छ। 

मुनुष्यको शरिरमा केहि प्राकृतिक र केहि अप्राकृतिक अथवा मानव सिर्जित स्वास्थ्य प्रतिक्रियाहरु हुन्छन जसलाई हामी सामान्य स्वास्थ्य समस्या देखि रोग र दिर्घरोग सम्म भन्ने गर्दछौं, अहिले कोरोनाका कारण जस्तो देखिने लक्षणहरु पहिले पनि हुने गर्दथ्यो तर यसको लक्षणलाई भाईरसको रुपमा परिभाषित गरेपछि व्यापक र घातक हुनुका साथै संक्रमित भएपछि कमजोर स्वास्थ्य भएका मानवको ज्यानलिने स्थितिसम्म पुगे पछि सर्बसाधारण सचेत र सतर्क हुन पुग्दा प्रभाबित सबै ठाउँहरु ठप्पप्राय भएका छन्। 

चिनको वुहान प्रान्तबाट एकाएक फैलिईएको खतरनाक भाइरसले विकसित समाज र संभब उपचारको अहिलेको सूचना प्रबिधि युगमा चुनौति थपेको मात्र छैन मानव जीवन कसरी बचाउने भन्ने पहिलो शर्त र अकल्पनिय प्राथमिकतामा परेको छ। देशको ढुकुटी खर्च हुने देखि हुनेखाने तथा मनकारी जीवनहरुले पनि कोरोना नियन्त्रणका साथै बाँच्ने र बचाउने कार्यमा यथाशक्य सक्रिय भएर लागेका छन्।

कोरोनाले मान्छेको जीवनशैली, पद्धती र व्यवहार परिबर्तन गराउन बाध्य पारेको छ, साविक जीवनलाई निरन्तरता दिन महामारीको लक्षणहरु, उपचारका लागि अपनाउनु पर्ने केहि मापदण्ड र संहिताहरुलाई दिनचर्यासँग जोडन प्रयत्नरत रहेको देखिन्छ, चाहेर पनि भौतिक सामिप्यतालाई जोडन सकिरहेको छैन, आफू र अरुका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्न बाध्य भएको छ, किनकी हरेक मानिस मृत्युसँग टाढा जान खोजीरहेको छ, आफ्नो घर परिवार नाता मित्र साथीभाई कुटुम्ब आदीको ज्यानको पिर गरिरहेको छ र जोखिमबाट आफू मुक्त नभएको आभाष पनि गरिरहेको छ। 

यसै परिबेशमा देशबिदेश महिनौं देखि बन्दाबन्दी र जनजीवन अस्तव्यस्त रहेको छ, नेपालमा पनि अढाई महिना देखि भएको बन्दाबन्दी (लकडाउन) सँगै कोरोनाले हजारौं सर्बसाधारणलाई दिनसम्म दुःख दिएको छ ,महामारी रुपी यस कोरोनाबाट बच्न जनताले पनि ईमान्दारितापूर्वक लकडाउनको पालना गरेका छन, यद्यपी केहि समस्याहरु सिर्जना मात्र पनि नभएका होईनन लामो समयसम्म गएको लकडाउने उकुसमुकुश जनताले बाँच्नका लागि अपनाएका बिकल्पहरुलाई अघि सार्दा केहि अवज्ञा जस्तो केहि व्यवस्थापनमा कठिनाई जस्तो र केहि अन्योलका बिच संक्रमणको संभावनालाई नजरअन्दाज पनि गरेका छन्। 

कोरोना संक्रमणको नियन्त्रण र संभाबित समस्या समाधानका लागि राज्यले उचित निर्णयका साथ आवश्यक आर्थिक प्रबन्ध मिलाउने नीति लिउको छ संघिय सरकार देखि जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारहरु शुरु देखि नै सक्रिय रहेका छन तथापी केहि विषयमा मूर्त र अमूर्त अनेकौं कुराहरु उठेका पनि छन्। स्थानीय तह अन्र्तगतका बिभिन्न संयन्त्र, निकाय तथा संरचनाहरुको सक्रियताले आम सर्वसाधारणमा आवश्यक जनचेतना, सरकारी गैरसरकारी संघसंस्था सञ्चार क्षेत्र एवं प्रशासन प्रहरी सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको भुमिकालाई थप प्रभाबकारी बनाउन र राहत तथा सुरक्षा सामग्रीलाई पनि आवश्यक व्यक्ति, संस्था, बिरामी र अभाव क्षेत्र सम्म सहज उपलब्ध गराउन जनप्रतिनिधि लगायत सम्बन्धित सबैले खेलेको भुमिका समग्रमा प्रसंसनिय नै भन्न सकिन्छ। 

सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षाका उपायहरु अबलम्बन गर्ने देखि लकडाउनमा बिभिन्न समस्या भोगिरहेका आम जनतालाई सहजीकरण गर्ने काममा स्थानीय तहका जनप्रतिनिधिको दायित्व बढेको छ भने सुबिधा दिने काममा पनि जिम्मेवारी बहन गर्नुृका साथै खुकुलोपन जनजीवनका लागि गरिएको प्रयास सकारात्मक छ, यहि बिचमा केहि जनप्रतिनिधिबाट आपतकालिन खाद्यान्न राहत तथा तयारी खानेकुराको व्यवस्था पनि हुनु सराहानिय र मानविय उद्दारको नमूना पनि देखिएको छ, जुन पुण्यकार्यमा सहयोग सहकार्य र हातेमालो गर्ने महान आत्माहरुलाई कोरोना बिरुद्धको लडाँईमा साथ दिने योद्धाहरुको उपमा दिदै साधुवाद दिनै पर्दछ। 

झण्डै तिन महिना लामो बन्दाबन्दीले सबै क्षेत्र नराम्रोसँग प्रभाबित भएको छ, कृषि उपजहरु सहज उपभोग हुन सकिरहेको छैन, उत्पादन फसल खेर जाने चिन्ता एकातिर छ भने लगानीको प्रतिफल धराशायी हुने संकट कृषि क्षेत्रमा आएको बेला साना मझौला तथा ठूला ब्यापार उद्योग व्यवसायबाट लगानीकर्ता र मुलुकलाई धरापमा पारेको छ यी वर्गलाई राहतमुखी कार्यक्रम ल्याउनु राज्यको उत्तरदायित्व पनि हो जो देश संचालनका लागि आवश्यक अर्थतन्त्रका मेरुदण्ड पनि हुन तर महामारीका अगाडी बल गर्ने र बिकल्प खोज्नुको कुनै तुक छैन। 

जनताले कोरोना महामारीको संभाबित संकटलाई लकडाउनसँग जोडेर आत्मसाथ गरेका छन, नियमित र साबिक व्यवहारलाई परिमार्जन गर्दै बच्ने उपायहरुलाई ख्याल गर्दै निर्दिष्ट दुरीमा रहने, अनावश्यक शारिरीक भौतिक सम्पर्क नगर्ने, अपरिचित व्यत्तिसँग टाढा रहने, परिचित वा घरपरिवारका व्यक्तिसँग पनि सुरक्षित व्यवहार गर्ने, स्वास्थ्यमा केहि अस्वभाविक लक्षणहरु देखिए सकभर घरेलु उपचार वा स्वास्थ्य संस्थाको सम्पर्कमा जाने, उपचार गर्ने, पानी उमालेर खाने, पटकपटक हात धुने, पञ्जा र मास्क लगाउने, सेनिटाईजर प्रयोग गर्ने, धोई पखाली र हेरेर बुझेर मात्र खाने जस्ता जनचेतनामूलक सरसफाई कार्यहरुमा बिशेष ध्यान दिएका छन जसको अरु कुनै बिकलप पनि हुन सक्दैन। 

जनचेतनाका साथ नागरिक बचाउनु पर्ने शुरुको चरण भन्दा चुनौतिपूर्ण बन्दै गईरहेको पछिल्लो समयमा रोजगारका लागि बिदेशिएका खासगरि भारततिर गएका नेपालीहरु भित्रिने क्रममा जोखम बढदै गयो, उता पनि केहि विकल्प नदेखि घर आउन बाध्य भएका नेपाली नागरिकहरुले सिमामा अनेकौं दुःखकष्ट गर्दै स्थानीय प्रशासन र तहहरुको पहलमा घर नजिक पुगे पनि खानेपानीको अभाब र भौतिक पूर्बाधारको समस्या खेप्दै प्रकृतिको नियम र महामारीको अगाढी कसैलाई दोष दिने ठाउँ नभएको भन्दै अव्यवस्थित क्वारेन्टाईनमा बस्न निरिह भएका छन्।

विषम र बिशेष परिस्थितिमा घर पुगेका वा क्वारेन्टाइनमा बस्न पुगेका नागरिकहरुलाई व्यवस्थापन गर्दा केहि अभाब कमी कमजोरीहरु अवश्य रहेका छन तर त्यसका बाबजुद पनि उहाँहरुले आफुलाई मर्यादित भएर संयमित गर्न सक्नु र बसाईका बारेमा अपवाद बाहेक सकारात्मक सन्देश प्रवाहले जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मी पनि उत्साहित र बढि जवाफदेहि भएका छन्। 

यस असहज अवस्थामा नागरिकले स्वयं नै सुरक्षाका उपायहरु अपनाएर जनजीवनलाई सहज पार्नु पर्ने सबैको समान दायित्व हो, व्यवस्था गरिएका क्वारेन्टाईन वा होम क्वारेन्टाईनमा बस्दा अपनाउनु पर्ने प्रकृया, चेकजाँच बिधिहरु र उपचारमा ध्यान दिई सहजता ल्याएर विश्वब्यापी संकटलाई स्वीकार गरि आगामी दिनहरुमा आफ्नो अमूल्य जीवनको व्यवहारलाई “सर्वजन हिताय, सर्बजन सुखाय” को मूलमन्त्रलाई उच्च मनोबल, सहअस्तित्व र धेर्यताका साथ जीवन अगाडी बढाउन संघर्ष गरौं। 

संकटमोचनका लागि राज्य जनता प्रति उदासिन भए खबरदारी गर्दै जनतामैत्री उपयुक्त प्रयासमा हामी सबैले सहयोग गर्नु पर्दछ, कोरोना बिरुद्धको लडाँई हामी सबैको साझा कार्ययोजना हो साझा शत्रु हो, तब मात्र हामी बाँच्ने छौं, बचाउने छौं र बाँकी रहेका, थाँती रहेका हाम्रा नियमित कर्म सेवा एवं दायित्वहरु गतिशिल हुने छन, व्यक्तिगत, सामाजिक र राष्ट्रिय सपनाहरु सार्थक दिशा तर्फ उन्मुख हुने छन र महामारी छिट्टै बिदा लिने छ भन्ने विश्वासका साथ सबैलाई कोरोनामुक्त देश तथा सुस्वास्थ्य नागरिकको शुभकामना। 

बाँचौं र बचाऔं,  आफू र अरुलाई आईसुलेट सम्झी सचेत रहौं।     
 

कमेन्ट लोड गर्नुस