सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा पनि मापदण्ड विपरीत बनेका क्वारेन्टिनले जोखिम

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ २२, ०२:०५ भुवन भट्ट

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले पनि मापदण्ड अनुसार क्वारेन्टिन बनाउन नसकेको गुनासो गरिएको छ। प्रदेशको अस्थायी राजधानीमा रहेको धनगढी उपमहानगरपालिकामा व्यवस्थित क्वारेन्टिन नभएको गुनासो आएकोमा गोदावरी नगरपालिकाले पनि मापदण्ड अनुसार क्वारेन्टिन बनाउन नसकेको गुनासो गरिएको हो।

अव्यवस्थीत क्वारेन्टिनतथा फितलो व्यवस्थापनले झन जोखीम बढाएको गुनासो गरिएको छ। त्रिनगर भन्सारबाट टिप्परमा लगेर नगरपालिकाको वडा नम्बर ११ को सरस्वती माध्यामीक विद्यालयमा एक सय ८० जनालाई क्वारेन्टिानमा राखिएको छ। क्वारेन्टिनमा बस्दै आएका ईश्वर बडालले उचित खानाको व्यवस्था नहुदा भोक–भोकै दिन कटाउनु परेको गुनासो गरे।

नगरपालिकाले प्याकिङ गरेर पठाउने खाना खान योग्य नहुने गरेको भन्दै उनले फिर्ता गरेको बताए। वडाध्यक्षसँग गुनासो गर्दा  खाने भए त्यस्तै खाना खानुस् नभए घर जान भनेको आरोप लगाए। सरस्वती माध्यमिक विद्यालयको कोठामा भुईमा सुतेर रातदिन कटाईरहेका उनीहरु समयमा खाना नपाएको र पाएपनि किरा परेको खाना दिएको गुनासो गरेका छन्।

क्वारेन्टिनमै रहेका अर्का केशव बुढाले रातीको १ बजेसम्म पनि खानाका लागी कुर्नुपर्ने दःुखेसो गरे। उनले १३ दिन सम्म पनि परीक्षण समेत नभएको जनाए। मापदण्ड विपरीत स्थानीय तहले भारतबाट आएकालाई क्वारेन्टिनमा राखेपनि खान, बस्नको उचित व्यवस्था पनि मिलाउन सकेका छैनन्। तर गोदावरी नगरपालिकाले भने खानामा केही समस्या भएको गुनासो आएकाले उचित खानाको व्यवस्थापन भईरहेको जनाएको छ।

वडा नम्बर ११ का अध्यक्ष शिव बहादुर बिकले स्वच्छ खानाको व्यवस्था गरिरहेको भएपनि किट किट अभावका कारण परीक्षण गर्न नसकिएको दावी गरे।

कोरोना भाईरसको जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरुलाई १४ दिन सम्म अनिवार्य रुपमा क्वारेन्टिनमा राख्न संघीय सरकारले छुट्टै मापदण्ड तयार गरी प्रदेश र स्थानीय सरकारलाई समेत कार्यान्वयन गर्न निर्देशन दिएको छ।

उक्त मापदण्ड अनुसार क्वारन्टिनमा स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतको पू्र्ण व्यवस्था हुनुपर्ने, सम्भव भए सम्म एक सयभन्दा बढी व्यक्ति राख्ने क्षमताको हुनुपर्ने, प्रती एक सय जनाको लागि एक जना चिकित्सक सहित ८ जनाको स्वास्थ्यकर्मीको टिम परिचालन गर्नुपर्ने हो।

तर गोदावरी नगरपालिकाले स्थापना गरेका अधिकांश क्वारेन्टिन उक्त मापदण्ड अनुसार सञ्चालन छैनन्। 
 
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस