सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर तिर्ने अवधि असार ७ सम्म बढ्यो

२०७७ जेठ २१, ०३:४६ खबर संवाददाता

चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ। आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो। अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो।

नयाँ सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ। यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ।

कमेन्ट लोड गर्नुस