धनगढी प्रयोगशालामा २४ घण्टामा २७४ जनाको कोरोना परीक्षण
धनगढी : पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशाला मार्फत दुई सय ५७ जनाको पीसीआर विधीबाट कोरोना परीक्षण गरिएको छ। दुई सय ५७ जनाको कोरोना परीक्षण गर्दा आज पनि १८ जना बाहेक अरु सबैको रिर्पोट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
स्वाब संकलन गरेका सात सय ९४ जनाको नमुना परीक्षण बाँकी रहेको छ। आज दुई सय ५७ जनाको कोरोना परीक्षण भएसंगै सुदूरपश्चिममा अहिले सम्म ६ हजार ४१ जनाको कोरोना परीक्षण गरिएको छ। तीन हजार सात सय २१ जनाको प्रदेश प्रयोगशाला र दुई हजार तीन सय १६ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको हो। यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय ८८ जनाको ¥यापिष्ड टेस्ट गरिएको छ।
आज ¥यापिड टेस्ट गर्दा गर्दा थप ४७ जनामा एन्टीबडी देखाएको छ। प्रदेशभरी अहिले सम्म २३ हजार ७ सय बढीको ¥यापिड टेस्ट गर्दा एक सय ८८ जनामा एन्टिबडी अर्थात पोजेटिभ देखाएको छ। उनीहरुमध्ये अहिलेसम्म ९५ जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ। बाँकी ९३ जनाको भने पीसीआर मार्फत परीक्षणका लागि स्वाब संकलन गरिएको तर परीक्षण रिपोर्ट आउन बााकी रहेको निर्देशनालयले जनाएको छ।