सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलाले बगाउँदा दुईजना वेपत्ता

२०७७ जेठ १९, ०८:३६ खबर संवाददाता

धनगढी :कैलालीमा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा खोला छेउमा पाल टाँगेर बसेका दुई मजदुर वेपत्ता भएका छन्।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ को पातले खोलामा गएराती दुई बजेको समयमा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा सहजपुर–बोगटान सडकखण्डमा मजदुरी गर्दै आएका दुई मजदुर बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले वेपत्ता हुनेमा नदी छेउमा पाल टाँगेर बस्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ गुलरियाका अन्दाजी ४५ वर्षीय कमल थापा र सोही ठाउँका अन्दाजी २४ वर्षीय गोपाल विक रहेको जानकारी दिए।

प्रहरी नायब उपरिक्षक बस्नेतले वेपत्ताहरुको खोजी कार्य जारी राखिएको बताए। उनीहरु दुवै जना सहजपुर–बोगटान सडक खण्डको मिलनपुरमा मजदुरी गर्दै आएका थिए।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले रातीदेखि परिरहेको अविरल वर्षा नरोकिदा खोजी कार्यमा समस्या भएको बताए। खोलाको वहाव उच्च भएकाले कठिनाई भईरहेको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस