सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर र भजनीका संक्रमितलाई पनि सेती प्रादेशिक अस्पताल ल्याईयो

२०७७ जेठ १९, ०८:०८ खबर संवाददाता

धनगढी : कैलालीको टीकापुर र भजनीका कोरोना संक्रमितलाई पनि धनगढी ल्याईएको छ।

भजनी प्राथमिक स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालको आईसोलेसनमा राखिएका दुवैजनालाई धनगढी ल्याईएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनीहरु दुवैलाई एम्बुलेन्स मार्फत धनगढी ल्याएर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उनले बताए।

भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा आईतबार कोरोना संक्रमण पुष्टि भएको थियो।

यो सँगै सेती अस्पतालको आईसोलेसनमा उपचाररत कोभिड–१९ का बिरामीको संख्या ९ पुगेको छ। 

कमेन्ट लोड गर्नुस