सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थपिएका तीन संक्रमितको धनगढी, टीकापुर र भजनीमा उपचार हुँदै

२०७७ जेठ १९, ०७:०३ खबर संवाददाता

धनगढी : कैलालीमा आईतबार थपिएका तीनजना कोरोना संक्रमितको धनगढी, टीकापुर र भजनीमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संक्रमित तीनै जनालाई सम्बन्धीत ठाउँका अस्पतालमा राखेर उपचार भईरहेको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का संक्रमित पुरुषको सेती प्रादेशिक अस्पताल, भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय संक्रमित पुरुषको भजनी प्राथमिक स्वास्थ्य केन्द्र र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा टीकापुर अस्पतालमा उपचार भईरहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

पछिल्लो पटक थपिएको समेत गरी सेती प्रादेशिक अस्पतालमा उपचाररत कोराना संक्रमितको संख्या ७ पुगेको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको आईसोलेसनमा ७ जनाको उपचारमा रहेको जानकारी दिए। यस्तै टीकापुर अस्पतालमा पनि जानकी गाउँपालिकाका ७ संक्रमितको उपचार भईरहेको छ।    
 

कमेन्ट लोड गर्नुस