सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका भोका बादीलाई खाद्यान्न सहयोग

२०७७ जेठ १८, १०:४१

बाैनिया- कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेको बादी समुदायलाई आज खाद्यान्न सहयोग गरिएको छ।  एनआरएन स्विट्जरल्याण्डकी उपाध्यक्ष शुभा ल्मर लामाको आर्थिक सहयोगमा कैलालीको बर्दगोरिया गाउँपालिका, मुढामा रहेको बादी समुदायका एकाउन्न परिवारलाई खाद्य पदार्थ वितरण गरिएको हो। 

पत्रकार प्रकाश मिश्रले  प्रतिपरिवार चामल १५ केजी, दाल दुई र भटमास दुईदुई केजी, खानेतेल एक लिटर, आटा पाँच केजी, नुन एक पोका र एक थान साबुन वितरण गरेका हुन्।   लामाले बादी समुदायलाई सहयोग गर्ने चाहना सामाजिक सञ्जालमार्फत गरेपछि पत्रकार मिश्रले लामाले दिन चाहेको खाद्य पदार्थ बादी समुदायमा पु¥याइदिएका हुन्।  कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएका बेला खाद्य पदार्थ पाउँदा निकै खुशी लागेको यमुना बादीले बताईन्।

उपाध्यक्ष लामाकै आर्थिक सहयोगमा  बादी समुदायसँगै  घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको मुक्त कमैया शिविरका १२  तथा लोहरपुरका चार परिवारलाई पनि खाद्य पदार्थ वितरण गरिएको छ।  

कमेन्ट लोड गर्नुस