सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत र नेपालगञ्जबाट आएका थिए कैलालीका तीन जना नयाँ संक्रमित

२०७७ जेठ १८, ०६:०३ नवराज पनेरु

धनगढी : कैलाली जिल्लामा आज तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

धनगढीका संक्रमित भारतको मुम्बईबाट ३ गते धनगढी भित्रिएका थिए। संक्रमित पुरुषलाई एक रात नवदुर्गा माविमा राखिएको थियो भने त्यसपछि धनगढीको त्रिनगर क्वारेन्टिनमा राखिएको थियो। आइतवारसम्म संक्रमित पुरुषसंगै ६५ जनालाई राखिएको थियो। अधिकासंको कोरोना परीक्षण गर्नै बाँकी रहेको धनगढी उप–महानगरपालिकाले जनाएको छ। 

जानकी गाउँपालिकाका संक्रमित पनि ३ गते नै गौरीफन्टा नाकाबाट आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। यस्तै भजनी नगरपालिकाका पहिलो संक्रमित भने नेपालगञ्जबाट फर्किएको उनले जानकारी दिए।

प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार २३ बर्षीय संक्रमित युवक ४ गते नेपालगञ्जबाट आएको खुलेको छ। योसंगै जिल्लामा संक्रमितको सङख्या १३ पुगेको छ। जानकी गाउँपालिकाका ७, धनगढी उप–महानगरपालिकाका ३, लम्की चुहा नगरपालिकाका दुई र भजनी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भईसकेको हो।

चार जना भने कोरोनालाई जितेर घर फर्किसकेका छन्। अहिले ७÷७ जनाको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा एक जनाको प्राथमिक स्वास्थ्य चौकी भजनीमा उपचार भईरहेको छ। संक्रमित मध्ये चार जना बैतडी र दुई जना अछामका पनि छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस