सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेस कैलालीका नेता एवंम् महासमिति सदस्य चौधरीको निधन

२०७७ जेठ १८, १२:५८ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस कैलालीका नेता रामसमझ चौधरीको निधन भएको छ।

काँग्रेस महासमिति सदस्य एवंम् नेविसंघ र तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका चौधरीको आज निधन भएको नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए।

 लामो समयदेखि जण्डिस रोगसँग संघर्ष गरिरहेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको आजै अन्तीम संस्कार गर्ने तयारी रहेको उपसभापति बमले बताए। 
 

कमेन्ट लोड गर्नुस