सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट १३ दिनमा ३७ हजार नेपाली भित्रिए

२०७७ जेठ १८, ११:१७ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकाबाट  जेठ २ गतेदेखि शनिबार सम्म ३७ हजार बढिको उद्दार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १३ दिनमा ३७ हजार ६ सय ४१ जनाको उद्धार गरिएको छ। सुरुमा जेठ २ र ३ गते उद्धार गरिएको थियो भने त्यसपछि तीन दिन उद्धार रोकिएकोमा ७ गते यता दैनिक उद्धार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार जेठ २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते आँठ सय ३४, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४ जना, 

१२ गते दुई हजार दुई सय २७, १३ गते पाँच हजार दुई सय ४२, १४ गते चार हजार सात सय ९६, १५ गते चार हजार पाँच सय ६४, १६ गते चार हजार तीन सय ५३ र जेठ १७ गते चार हजार दुई सय ७ जनाको उद्धार गरिएको छ।

उद्दार गरिएकाहरुको स्वास्थ्य परीक्षण भने हुन सकेको छैन्। उनीहरुलाई परीक्षण बिना नै सम्बन्धीत स्थानीय तहमा पठाईएको छ।
  
 

कमेन्ट लोड गर्नुस