सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्रक दुर्घटना

२०७७ जेठ १७, ११:०४ खबर संवाददाता

धनगढी- कैलालीमा ट्रक दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा  ना ३ ख ४८९५ नम्बरको ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

प्रहरीको टोली घटना स्थल पुगेको छ। पश्चिमबाट पूर्व जाँदै गरेको खाली ट्रक दुर्घटना  भएको हो।  चालक रबि पाल फरार भएका छन्। सह–चालक बिनु बोहरालाई सामान्य चोट लागेको प्रहरीले बताएको छ। ट्रक धनगढीबाट दाङ जाँदै थियो।
 

कमेन्ट लोड गर्नुस