सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमान पक्राउ

२०७७ जेठ १७, ०४:१४ खबर संवाददाता

कैलाली : कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। जिल्लाको लम्की चुहा नगरपालिका–७ खरैलाकी ३५ वर्षीया सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान नै रहेको माइती पक्षले आरोप लगाएपछि प्रहरीले ३५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको हो। 

मृतकका दाजु झंकर विष्टले मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार बहिनी(भण्डारी)ले आत्महत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए।

उनलाई शुक्रबार नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए। घटनासम्बन्धी पथ अनुसन्धान भइरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस