सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट त्रिनगर नाका पुगेकालाई निःशुल्क फोन सेवा

२०७७ जेठ १७, ०३:२३ खबर संवाददाता

धनगढी : भारतका विभिन्न शहरबाट फर्किएर त्रिनगर सीमा नाका पुगेका नेपालीहरुलाई धनगढीका विभिन्न संघसंस्थाले निःशुल्क फोन सेवा दिइरहेका छन्। भारतबाट सीमा नाका पुगेका उनीहरुलाई आफन्तसँग सम्पर्क गर्न सहज होस् भन्दै ती संस्थाहरुले यस्तो अभियान सञ्चालन गरेका हुन।

बोलन्या थली, दृष्टी फाउन्डेसन र रोयल कोलाबोरेटिभ्सले सीमा नाकामा फोन चार्जिङ, ब्यालेन्स ट्रान्सफर र निःशुल्क फोन सेवा दिइरहेका छन्। पछिल्लो दिनयता विभिन्न समाजिक संस्थाहरुले सीमा नाका पुगेर अलपत्र परेका नेपालीहरुका लागि यस्तैखाले अभियान सञ्चालन गरिरहेका छन्। 

कमेन्ट लोड गर्नुस