सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुकुमको चौरजहारी घटनाः दोषीलाई कारबाहीको माग राख्दै धनगढीमा प्रदर्शन

२०७७ जेठ १७, ०३:०५ खबर संवाददाता

धनगढी : गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयमा पाँच जनाको हत्या र एक जना बेपत्ता भएको घटनाप्रति सरकारले देखाएको उदासीनता पछि देशभरिका दलित समुदाय आन्दोलित भएका छन्।

सोही क्रममा दोषीहरुलाई कावारहीको माग राख्दै हराएको सरकार खोज्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा सांकेतिक रुपमा मैनबत्ती बालेर बिरोध प्रदर्शन गरेको छ। 
‘सरकार अध्यारोमा कहाँ छ ? उज्यालोमा यहाँ छ। सरकार आँखा खोल’ जस्ता नारा लेखिएका पम्प्लेट लेखेर राष्ट्रिय दलित पत्रकार संघले मैनबत्ती बालेर धनगढीको पार्क चोकबाट पश्चिम रुकुम घटनाप्रति सरकारलाई  जवाफदेही हुन ध्यानाकर्षण गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमा भट्टराई जैरुले संवीधानमै उल्लेख गरिएको जातिय छुवाछुतमुक्त राष्ट्रलाई चौरजहारी घटनाले गिज्याइरहेको बताइन।  ‘सामान्य मानविय संवेदना समेत नराखेर गरिएको नरसंहारप्रति सरकार चुप रहनु समग्र दलित समुदायको आत्मसम्मान माथिको प्रहार हो। त्यसैले सरकारले उक्त घटनाको निस्पक्ष छानबिन गरोस र दोषीलाई कडाभन्दा कडा कानुनी कार्वाहीको दायरा ल्याएर यस्ता अमानवीय घटना हुन नदिन सरकार सचेत होस’ उनले भनीन। 

 

कमेन्ट लोड गर्नुस