सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा जथाभावी माछा मार्न प्रतिबन्ध

तस्विर : माछा मार्न प्रतिवन्ध लगाउन बसेको समुहको बैठक
तस्विर : माछा मार्न प्रतिवन्ध लगाउन बसेको समुहको बैठक
२०७७ जेठ १७, ०२:२४ खबर संवाददाता

बझाङ : अब सेती नदीमा जथाभावी माछा मार्न नपाइने भएको छ। नदीखोलाले धान्न नसक्ने गरी माछा मार्ने काम भएको भन्दै बझाङको सुवेडामा माछा मार्न प्रतिबन्ध लगाइएको छ। अत्याधिक मार्दा माछाको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै सुवेडाका स्थानियले हप्तामा दुई दिन माछा मार्न नपाइने निर्णय गरेका छन्।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का करिब ८५ घरधुरी सदस्य रहेको तमैल कचाला धौलाबगर जलचर संरक्षण समुहले आफ्नो भुगोल भित्र पर्ने (धौलाबगर देखी तमैल सम्म) सेतीनदी र कचाली खोलामा सोमबार र विहिबारका दिन माछा मार्न बन्देज लगाएको हो।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको कारण धेरै मानिसहरु गाउ“ फर्किएको र उनीहरुले दैनिक नदी खोलामा गएर माछा मार्दा जलिय जैविक विविधता नै बिग्रने अवस्था हुन थाले पछि माछा मार्न प्रतिबन्ध लगाएको स्थानियले बताएका छन्।

लकडाउन भए स“गै माछा मार्नेहरुको संख्यामा पहिलेको तुलनामा अत्याधिक बृद्धी भए पछि  हप्तामा दुई दिन भएपनि नदीखोलालाई विश्राम दिने सोचका साथ यो निर्णय गरिएको समुहकी सचिव पुर्णिमाविकले बताईन्। ‘अहिले बाहिर भएका मानिसहरु सबै घर आएका छन्।

लकडाउनले गर्दा धेरै जसो युवाहरुको काम माछा मारेर दिनकाट्ने भएको छ’उनले भनिन्, ‘यति धेरै मान्छेले लगातार माछा मार्दा माछा नै सकिने चिन्ताभयो। हप्तामा दुई दिन भएपनि बन्द गर्न सके विउ त बचाउन सकिएला भनेर यो निर्णय गरेका हौं।’ युएसएड पानी कार्यक्रमको सहयोगमा गठन गरिएको उक्त समुहले निर्णय कार्यान्वयन गर्नका लागि समुहका सबै घरपरिवारमा सुचनाजारी गरिएको अध्यक्ष सुरेन्द्र सिंहले बताए।

उनले समुह भन्दा बाहिरका मानिसहरु आएर माछा मार्ने काम गर्न सक्ने भएकाले हप्ताको दुई दिन समुदायले गस्ती गर्ने व्यवस्था मिलाईएको जानकारी दिए। ‘उसै पनि सेतीमा पाईने धेरै प्रजातीका माछा लोप भैसकेका छन्।’ उनले भने ‘यो लकडाउनले गर्दा हुलका हुल मानिसहरु नदीमा जान थालेपछि भएका माछा पनि सखाप हुने डरले प्रतिबन्ध लगाएका हाँ।ै’

समुहको निर्णय उल्ङघन गर्नेलाई जयपृथ्वी नगरपालिकाको जलचर तथा जैविक विविधता संरक्षण ऐन २०७६ ले दिएको अधिकार प्रयोग गरेर कारबाही गरिने उनले बताए। यसअघि पानी परियोजनाका विज्ञहरुको सहयोगमा जयपृथ्वी नगरपालिकाले नगर क्षेत्र भित्रका नदीखोलामा रहेको जलिय जैविक विविधता संरक्षण गर्नका लागि जलिय जैविक विविधता तथा जलचर संरक्षण ऐन २०७६ बनाएको थियो।

युएसएड पानी परियोजनालले ऐन कार्यान्वयनको लागि समुदायको क्षमता विकासका लागि पनि सहयोग गरिरहेको जयपृथ्वी नगरपालिकाले जनाएको छ। यस ऐनले समुदायको सहभागितामा जलचरहरुको संरक्षण गर्ने र व्यवस्थापन गर्ने अधिकार समुदायलाई दिएकोले उनिहरुले आफ्नो क्षेत्रमा पर्ने नदी खण्ड व्यवस्थापनको गर्न नियम बनाउन पाउने नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मंगलबहादुर शाहीले बताए।

‘समुदायले परम्परा देखी उपयोग गर्दै आएको नदी खण्डको व्यवस्थापनको जिम्मा पनि समुदायकै हुने गरी ऐन बनाएका छा।ै’ उनले भने,‘सुवेडाका स्थानियले यो ऐनले दिएको अधिकार प्रयोग गरेर उक्त निर्णय गरेका हुन्।’ उनले नगर क्षेत्र भित्र रहेका सबै समुदायमा जलचर संरक्षण समुह गठन गरेर संरक्षणको काम गरिने बताए।

बझाङको सेती नदीमा पाईने असला माछा स्वादका हिसाबले देशै भर प्रख्यात भएपनि पछिल्लो समय यसको संख्या निकै घटेको मछवारहरुले बताउने गरेका छन्। यस बाहेक सेती र यसका सहायक नदीहरुमा १३ प्रकारका माछा पाइने युएसएड पानी परियोजनाको अध्ययनले देखाएको छ।

अव्यवस्थित तरिकाले भईरहेका विकास निर्माण र मानविय गतिविधीका कारण सेतीका माछालाई खतरा उत्पन्न भईरहेको बेला सुवेडाका स्थानियले थालेको यो प्रयासको स्थानिय स्तरमा प्रसंशा हुन थालेको छ।  सानो आ“खा भएका जालको प्रयोग, करेन्ट लगाउने, विष्फोटक पदार्थको प्रयोग गर्ने गरेका कारण साना माछाहरु पनि मर्ने भएकोले माछाको संख्या घट्दै गएको बेला यो निर्णय गरेर राम्रो गरेको सुवेडाका कृष्ण बहादुर थापाले बताए।

यस्तै खिरोगडेरो लगायतका जैविक विषादी हालेर माछा मार्ने, घनको प्रयोग गर्ने, खोला नै अर्काे तिर फर्काउने गरेर दुवाली थुन्ने गरेको कारण जलचरहरुको अवस्था दिन प्रतिदिन विग्रदै गएकोले विनासकारी तरिकाले माछा मार्न रोक्न तर्फ पनि समुदायको ध्यान जानुपर्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस