सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सञ्चारकर्मी चौधरीमाथि आक्रमण, हात बाधेको अवस्थामा उद्दार गरियो

२०७७ जेठ १७, ०१:४८ खबर संवाददाता

धनगढी : कैलालीको एक रेडियोमा कार्यरत सञ्चारकर्मीमाथि आक्रमण भएको छ। टीकापुरमा रहेको रेडियो नमस्तेमा प्राविधिक पदमा कार्यरत विफा चौधरीमाथि शुक्रबार राती अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले टीकापुर नगरपालिका १ को ब्लक नम्बर १६ मा डेरा गरी बस्दै आएकी चौधरीमाथि आक्रमण भएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार राती उद्दार गरेको बताए।

चौधरीलाई उनकै कोठाबाट हात बाधेको अवस्थामा उद्दार गरिएको बताउँदै घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए। उपचारपछि चौधरीलाई आमाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस