सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा शाहीले गरे त्रिनगर नाकामा सञ्चालित खाना घरलाई सहयोग

२०७७ जेठ १७, ०८:०१ खबर संवाददाता

धनगढी : धनगढीका युवा व्यवसायी कुवेर शाहीले आफ्नो जन्मदिनको अवसरमा खाना घरलाई सहयोग गरेका छन्। भारतमा अलपत्र मजदुरको उद्धारपछि खाना पानी खुवानका लागि सीमामा खना घर सञ्चालन गर्दै आएको रोयल कोलाबोरेटिभ्सलाई शाहीले जन्मदिनको अवसरमा सहयोग गरेका हुन्। 

कैलाली जिल्ला हार्डवेयर व्यवसायी संघका महासचिव तथा निसर्ग अस्पतालका निर्देशक शाहीले खाना घरलाई एक हजार जनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन्। 

निसर्ग अस्पताल धनगढीको मुख्य सहयोग, धनगढी उपमहानगरपालिकाको प्राविधिक सहयोग तथा विभिन्न मनकारी व्यक्ती र संघसंस्थाहरुको सहयोगमा रोयल कोलाबोरेटिभ्सले विगत ८ दिनदेखि खाना खुवाउँदै आएको छ।

कमेन्ट लोड गर्नुस