सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टाबाट साढे ३३ हजार भित्रिए, कुन जिल्लाका कति ?

२०७७ जेठ १७, ०७:१३ नवराज पनेरु

धनगढी : जेठ २ गतेदेखि सुरु भएको उद्धारमा गौरीफन्टा त्रिनगर नाकाबाट ३३ हजार बढिको उद्धार भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १२ दिनमा ३३ हजार चार सय ३४ जनाको उद्धार गरिएको छ। सुरुमा जेठ २ र ३ गते उद्धार गरिएको थियो भने त्यसपछि तीन दिन उद्धार रोकिएकोमा ७ गतेयता दैनिक उद्धार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार जेठ २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते आँठ सय ३४, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७, १३ गते पाँच हजार दुई सय ४२, १४ गते चार हजार सात सय ९६, १५ गते चार हजार पाँच सय ६४ र १६ गते चार हजार तीन सय ५३ जनाको उद्धार गरिएको छ।

त्रिनगर नाकाबाट भित्रिएका सबैभन्दा बढि कैलाली जिल्लाका सात हजार छ सय तीन जना छन् भने सबैभन्दा कम दार्चुला जिल्लाका चार सय २१ जना रहेका छन्। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘स्थानीय तहको समन्वयमा सीमाबाट उद्धार गरिएका नेपालीलाई सम्बन्धित पालिकासम्म पुगाईएको छ। उनीहरु १४ दिने अनिवार्य क्वारेन्टाइनमा छन्।’

सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाले अहिलेसम्म एक हजार चार सय ५० जनाको मात्रै ¥यापिड टेस्ट गरिएको जानकारी दिए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले क्वारेन्टाइन अवधि सकिएपछि सबैको परीक्षण हुने दावी गरे। 

यस्तै सुदूरपश्चिमका चार नाका भएर भारतबाट फर्किन पाईने भएको छ। शुक्रवार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि सुदूरपश्चिमका चार नाका तोकेको हो।

कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट स्वदेश फर्किन दिने निर्णय गरेको हो। 

त्रिनगरबाट उद्धार गरिएका ३३४३४ कुन जिल्लाका कति ? 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस