सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा

२०७७ जेठ १७, ०६:०३ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन्।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए। शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं। तर ऊ असफल भयो। आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं।’

अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए। ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप शुक्रबार पनि दोहोर्याए। उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ।’
 

कमेन्ट लोड गर्नुस