सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घरको बरण्डाबाट मेन लाइनमा छोइएर करेन्ट लाग्दा एक किशोरको मृत्यु

२०७७ जेठ १४, ०९:१० खबर संवाददाता

धनगढी : धनगढीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर ४ मा जगत मल्लका १४ बर्षीय छोरा आभाष मल्लको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार गयराति १२ बजे घरको बरण्डामा गएका उनलाई विद्युतको मेन लाईनको तारबाट करेन्ट लागेको थियो।

‘मेन लाईनको तारमा छोईएपछि करेन्ट लागेको हो। करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि माया मेट्रो अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।’ प्रहरी नायव उपरिक्षक बस्नेतले दिनेश खवरलाई भने।  
 

कमेन्ट लोड गर्नुस