धनगढीबाट अबैध ट्याबलेटसहित एक युवक पक्राउ
२०८३ साउन ६, ०९:०९
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अबैध ट्याबलेटसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले मङ्गलवार साँझ ६ बजे धनगढी–३ सिसा पोष्टका ओम शर्मालाई पक्राउ गरेको हो। शर्माको साथबाट स्पास नामक ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शर्माको साथबाट स्पास नामक ८ ट्याबलेट फेला परेको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस