कैलालीको क्वारेन्टाइनमा राखिएका ३९ जनालाई माछाको व्यवस्था
धनगढी : कैलालीको एक क्वारेन्टाइनमा राखिएका ३९ जनालाई २२ किलो माछा हस्तान्तरण गरिएको छ। कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालीले जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ राष्ट्रिय मावि पच्छमुडियाको क्वारेन्टाइनमा रहेका ३९ जनालाई २२ किलो माछा प्रदान गरेको हो।
नगर प्रमुख शेरबहादुर चौधरी, उपप्रमुख छाया देवकोटा, सशस्त्रका डिएसपी भीम चन्द र नेपाल प्रहरीका प्रहरी निरिक्षक जनक धामीको रोहोवरमा माछा प्रदान गरिएको कैलाली मत्स्य तथा कृषि कम्पनीका सञ्चालक डेजी पाण्डेयले जानकारी दिए।