सेती अस्पतालको आईसोलेसनमा राखिएका एक जनाको मृत्यु
धनगढी : सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ। कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनी हिजोमात्रै भारतबाट फर्किएपछि आईसोलेसनमा भर्ना भएका थिए। आज विहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको समेत सूचना अधिकारी श्रेष्ठले बताए।
मृतककको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ। यसअघि दिनेश खवरसंग कुरा गर्दै अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय र सूचना अधिकारी श्रेष्ठले मृतकको आरडिटी पोजेटिभ देखाएको बताएका थिए।
नोट : यसअघि अस्पतालले नै मृतकमा आरडिटी पोजेटिभ देखिएको गलत सूचना दिएका कारण यो समाचार अहिले सच्याईएको छ। पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहन्छौं।