सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीलाई राहत प्याकेज उपलब्ध नभए पलायन हुने खतरा : संयोजक पनेरु

२०७७ जेठ १३, ०१:५६ खबर संवाददाता

धनगढी : डिलर एसोसिएसन डडेल्धुराका संयोजक राजेन्द्र पनेरुले व्यवसायीलाई राहत प्याकेज घोषणा गर्नुपर्ने माग राखेका छन्। लामो समयसम्म लकडाउन भएपछि व्यापार धरासायी भएको भन्दै उनले सरकारले राहत प्याकेज घोषणा गरेर व्यापारीहरुलाई पुनः व्यवसायमा फर्कने वातावरण मिलाउन अनुरोध गरेका हुन। 

‘६५ दिनदेखि सबै व्यवसायीका पसलका सटरहरू बन्द रहँदा समेत सरकारले व्यवसायीका लागि केहीपनि राहत प्याकेज घोषण गरेको छैन। लामो समय लकडाउन लम्बिँदा व्यापारबाटै पलायन हुने अवस्था आउन लागेको छ’ उनले भने, ‘व्यवसायीहरू ठूलो समस्यामा परिसक्दा पनि राज्यले वेवास्ता गरेको छ। सरकारले तत्कालै राहत प्याकेज घोषणा गरेर पुनः व्यवसायमा फर्कने अवस्था सृजना गर्नुपर्छ।’ 

संयोजक पनेरुले आम्दानी नभएरपनि व्यापारीहरुले बैंक र सहकारी संस्थाको ब्याज र किस्ता तिरिरहेको भन्दै तत्काल कुनै उपाय ननिकाले सम्पूर्ण व्यवसाय धरापमा पर्ने बताएका छन्। 

कमेन्ट लोड गर्नुस