सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको त्रिभुवन माविमा ५१ शैयाको क्वारेन्टाईन, हेल्पीङ हेण्डसले व्यवस्थापन गर्दै

२०७७ जेठ १३, ०९:५८ खबर संवाददाता

धनगढी : धनगढीको त्रिभुवन माध्यमिक विद्यालयमा तत्काल ५१ जनालाई राख्नेगरी क्वारेन्टाईन स्थापना गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालयसँगको सहाकार्यमा भक्त बहादुर भण्डारी हेल्पीङ हेण्डस फर ह्युमानिटीले त्रिभुवन माविमा ५१ शैयाको क्वारेन्टाईन सञ्चालनमा ल्याएको हो।

भारतबाट फर्केर क्वारेन्टाईनमा राखिने व्यक्तिको खाना, बस्ने लगायतमा आवश्यक पर्ने सबै व्यवस्थापन हेल्पी हेण्डस फर ह्युमानिटीले गरिरहेको संस्थाका सुदूरपश्चिम सल्लाहकार राजबहादुर चन्दले बताए। चन्दले कोरोना प्रभावित भारतका विभिन्न क्षेत्रबाट फर्किएकाहरुका लागि खानाको उचित प्रबन्ध मिलाउनका साथै अन्य आवश्यक सामाग्रीको समेत संस्थाले व्यवस्थापन गरेको जानकारी दिए।

 

वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले अहिले भारतबाट फर्किएका ७ जनालाई क्वारेन्टाईनमा राखिएको बताउँदै सीमानाका पुगेका वडाबासीको उद्दार गरी त्रिभुवन मावीमा व्यवस्थित ढंगले राखिने जनाए। उनले क्वारेन्टाईनमा बस्दा संक्रमणको जोखिम नहोस भनेर सामाजिक दुरी कायम गरेर राखिएको बताए।

यस्तै क्वारेन्टाईनमा बस्नेहरुको मनोरञ्जनका लागि इनटरनेट सुविधा समेत उपलब्ध गराईने तयारीमा आफूहरु रहेको वडाध्यक्ष ऐरले बताए। वडा नम्बर ३ का सदस्य ओम चन्दले हेल्पीङ हेण्डस फर ह्युमानिटीले क्वारेन्टाईनमा बस्नेहरुका लागि खाना, बस्न, ओढ्ने विछाउने, सेनीटाईजर, मास्क, साबुन, कोलगेट लगायतका सबै सामाग्री सहयोग गरेको बताए।   

 

 

 

 

कमेन्ट लोड गर्नुस