कैलालीमा आगलागीबाट गाईगोठ र पोल्ट्री फर्म जलेर नष्ट
धनगढी : कैलालीको कैलारी गाउँपालिकामा आगलागी हुँदा गाईगोठ र पोल्ट्री फर्म जलेर नष्ट भएको छ। गाउँपालिकाको वडा नम्वर ८ दक्षिणटेढीस्थित स्थानीय टेकबहादुर साउँदको चन्द्र कृषि फर्मभित्र रहेको गाईगोठ र पोल्ट्री फर्म सोमवार जलेर पूर्ण रुपमा नष्ट भएको हो।
प्रहरीका अनुसार घरमा बच्चाहरुले गाईको लागि कुँडो पकाउने बेला दिउँसो आगलागी भएको हो। फर्ममा हालेका २ हजार ब्रोइलर कुखुराका चल्ला सहित फर्म पूर्णरुपले जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।