सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्वारेन्टाईनमा बसेका ५० जनालाई १५ दिन पुग्ने खाद्यान्न सहयोग

२०७७ जेठ १२, ०६:२६ खबर संवाददाता

धनगढी : धनगढीमा क्वारेन्टाईनमा बसेका ५० जनालाई १५ दिन सम्म पुग्ने खाद्यान्न सहयोग गरिएको छ।

धनगढीका तुलसीमाया श्रेष्ठ र पदमराज जोशीले ५० जनालाई १५ दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेका हुन्। वेहडाबाबबा मन्दिर व्यवस्थापन समितीका उपाध्यक्ष श्रेष्ठ र सचिव समेत रहेका जोशीले आज विहान धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्।

कैलाली बहुमुखी क्याम्पस र नैनादेवी मन्दिरको क्वारेन्टाईनमा बसेका ५० जनालाई पुग्ने गरी १२ कठ्ठा चामल, पाँच लिटर तेल, २० किलो दाल, ६ पाकेट नुन लगायतका सामाग्री सहयोग गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव जोशीले बताए।

 

कमेन्ट लोड गर्नुस