सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षकै उच्च गर्मी, तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस

फोटो : दीपक बम योगेन्द्र
फोटो : दीपक बम योगेन्द्र
२०७७ जेठ १२, ०३:२२ खबर संवाददाता

धनगढी : धनगढीमा आज यो वर्षकै बढि गर्मी रेकर्ड गरिएको छ। जल  तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार आज धनगढीको अधिकतम तापक्रम ४० दशमलव ५  डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

यसअघि आईतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको कार्यालयका मौसम अबजर ब्रिजलाल चौधरीले बताए। पछिल्लो केही दिनयता धनगढीमा गर्मी बढ्दै गएको छ।

गर्मी बढ्दै जान थालेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ। 
 

कमेन्ट लोड गर्नुस