सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माण गरिएको ५० शैयाको कोरोना अस्पताल सेतीलाई हस्तान्तरण

२०७७ जेठ १२, ११:४७ खबर संवाददाता

धनगढीः धनगढीमा निर्माण गरिएको ५० शैयाको कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ। सेती मातहत नै रहनेगरी ५० शैयाको आईसोलेसन वार्ड सहितको अस्पताल स्वास्थ्य कार्यालय कैलालीले प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थितीमा भवन हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए।

उनका अनुसार कोरोना अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने शैया, अक्सिजन पलान्ट, खानेपानी, बिजुली, शौचालयको व्यवस्थापन गरिएको छ।

अब थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पतालले नै गर्ने उनले बताए। किनारा कन्सट्रक्सनले प्रदेश सरकारको ९४ लाख बजेटमा कोरोना अस्पताल भवन निर्माण गरेको हो।

अहिले कोरोना विशेष तोकिएको सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आईसोलेसन वार्ड रहेको छ भने थपिएको ५० समेत गरी अब ७४ शैया पुगेको छ। 
 
 

कमेन्ट लोड गर्नुस