सुदूरपश्चिम सरकारद्धारा सीमामा दुई हजार जनालाई मास्क, सेनीटाईजर र पानी वितरण
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका दुई हजार जनालाई मास्क, सेनिटाईजर लगायतका सामाग्री वितरण गरेको छ।
प्रदेश सरकारले भारतबाट फर्किएका दुईहजार जनालाई मास्क, सेनीटाईजर, पानी एवंम् चाउचाउ वितरण गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।
सरकारले सुदूरपश्चिम फाउन्डेसनसँगको सहकार्यमा सीमाबाट भित्रिएकाहरुलाई मेकिडल मास्क, सेनिटाईजर लगायतका समाग्री वितरण गरेको अध्यक्ष भरत शाहले जनाए।