सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकै दिन लागूऔषध सहित १५ जना समातिए

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८३ साउन ९, ०७:५६ खबर संवाददाता

धनगढीः कैलालीमा प्रहरीले एकै दिनमा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

यसैगरी,जिल्लाको मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन्। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

यस्तै, शुक्रबार साँझ नै नेपाल प्रहरीले धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२३ मिलिग्राम सहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय आयुष सिंह, वडा नम्बर-२ बस्ने ३४ वर्षीय जयबहादुर भण्डारी, धनगढी-१० बस्ने ३० वर्षीय टेकेन्द्र बस्नेत र कैलारी गाउँपालिका-२ घर भई हाल धनगढी-८ क्याम्पस चोक कोठा गरी बस्ने २५ वर्षीय श्रीमल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले श्रीमल चौधरीको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।    

यसैगरी, शुक्रबार साँझ प्रहरीले जिल्लाको टीकापुर-१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ चार सय मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ वस्ने बस्ने २८ वर्षीय सागर खत्री र १८ वर्षीय एक किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो।    

यस्तै, जिल्लाको गोदावरी-५ गेटा सुकुम्वासी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो पदार्थ ३७० ग्राम सहित सोही ठाउँ वस्ने ४५ वर्षीय खडक डंगौरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी गर्दा प्लाष्टिकको डिव्वा भित्र लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।    

शुक्रबार साँझ नै प्रहरीले धनगढी-१७ पथरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३५ मिलिग्राम सहित २ जनालाई  पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने  २६ वर्षीय राजेश राना र  २५ वर्षीय किरन राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो।    

यसैगरी, जिल्ला कैलाली धनगढी-७ जिपी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३८ मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास जेठारा र २८ वर्षीय विवेकराज उपाध्याय रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।     
 

कमेन्ट लोड गर्नुस