धनगढी प्रयोगशालामा परीक्षण गरिएका ९७ जनाको रिर्पोट नेगेटिभ
धनगढी : धनगढी प्रयोगशालामा परीक्षण गरिएका ९७ जनाको रिर्पोट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले शनिबार साझ गरिएको परीक्षणका क्रममा उनीहरुको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।
कैलालीका ७३, कञ्चनपुरका ४, डोटीका ९, बर्दिया, बाजुरा बैतडीका १÷१, डडेल्धुराका तीन र बैतडीका तीन जनाको रिर्पोट नेगेटिभ आएको श्रेष्ठले बताए।
सुदूरपश्चिममा शनिबार सम्म १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये कैलालीका ४ र कञ्चनपुरका एक गरी पाँचजना यसअघि नै निको भएर घर फर्किसकेका छन्।