सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय क्वारेन्टाइनमा बसेका एक नेपालीकोे मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ १०, ०६:४६ खबर संवाददाता

भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका –२ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधीर सिंहले बताए। 

ती युवा जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस