सुदूर नेपाललाई विश्वसँग जोड्दै

४२ जनासंगै क्वारेन्टाइनमा थिए कैलालीका तीन संक्रमित

२०७७ जेठ १०, ०७:४० खबर संवाददाता

धनगढी : कैलालीमा शुक्रवार पुष्टि भएका तीन जना कोरोना संक्रमितलाई एक सातादेखि अन्य ४२ जनासंगै क्वारेन्टाइनमा राखिएको खुलेको छ। तीनै जना संक्रमितलाई झण्डै एक सातासम्म जिल्लाको जानकी गाउँपालिकामा रहेको सरस्वती माविको क्वारेन्टाइनमा राखिएको खुलेको हो।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले दिएको जानकारी अनुसार तीन जना संक्रमितसंगै अन्य ४२ जनालाई पनि उक्त क्वारेन्टाइनमा राखिएको छ। ‘अहिले सम्म १६ जनाको मात्रै आरडिटी परीक्षण गरिएको छ। बाँकीको परीक्षण गर्न बाँकी छ। संगै रहेका तीन जनामा संक्रमण पुष्टि भएपछि अन्यको समेत परीक्षण गर्ने तयारीमा छौँ।’ उपाध्यक्ष महत्तोले दिनेश खवरलाई भनिन्। 

गाउँपालिकाको वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएका थिए। वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए।

उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए। वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएका हुन्। इटहरीबाट आएका युवक बैशाख ३० गते जानकी गाउँपालिका पुगेका थिए भने अर्का सक्रमित युवक बाँकेको जानकी गाउँपालिका ३ बाट जेठ ३ गते कैलाली पुगेका थिए। संक्रमित तीनै जनालाई अहिले टीकापुर अस्पतालको आईसालेसनमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस