सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनसम्पर्क समितिले भन्यो – भारतमा नेपालीलाई भोकै मर्न बाध्य नपारियोस्

२०७७ जेठ ९, ०७:२७ खबर संवाददाता

काठमाडौं : नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई भोकै मर्न बाध्य नपार्न आग्रह गरेको छ। नेपाली काँग्रेस निकट जनसम्पर्क समितिले भारतमा रहेकाहरुको वेवास्ता गरिएको भन्दै त्यसो नगर्न सरकासँग आग्रह गरेको हो।

उसले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन समेत ध्यानाकर्षण गराएको छ। सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा गरी प्राथमिकताका आधारमा स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन माग गरेको छ।

समितिका अध्यक्ष बालकृष्ण पाण्डेले महामारी फैलिन नदिने गरी सुरक्षित रुपमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न माग गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस