सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतारमा एक नेपालीलाई गोली हानी मृत्युदण्ड

२०७७ जेठ ८, ०३:०६ खबर संवाददाता

कतारमा हत्या अभियोग खेपिरहेका एक नेपालीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ।

महोत्तरी औराही १ का अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो। तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले अनुमोदन गरेपछि चौधरीलाई मृत्युदण्ड दिएको हो।

सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई बचाउन नेपाली दुतावासले प्रयास गरिरहेको थियो। कतारले पहिलो पटक कुनै नेपालीलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो। चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो।

अदालती बयानका क्रममा चौधरीले आत्मसुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए।
 

कमेन्ट लोड गर्नुस