गौरीफन्टा नाकाबाट आज पनि उद्दार जारी
धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट आज पनि उद्दारको काम जारी राखिएको छ। कोरोना भाईरसको प्रभावपछि भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो।
गौरीफन्टा नाकाबाट अहिले सम्म दुई सय २६ जनालाई भित्र्याईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार उद्दारको क्रम जारी रहेको छ।
यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको समान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा आज भने सीमानाकामै र्यापिड टेस्ट भईरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै र्यापिड टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।