सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३ सय बोरा सुर्तीजन्य पदार्थ सहित ट्रक नियन्त्रणमा, दुई चालक पक्राउ

२०७७ जेठ ८, १२:५६ खबर संवाददाता

धनगढी : धनगढीबाट प्रहरीले तीन सय बोरो सुर्तीजन्य पदार्थ(गुट्का) सहित ट्रक नियन्त्रणमा लिएको छ।

अस्थायी प्रहरी पोष्ट चटकपुरका प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले  बुधबार राती धनगढी उप–महानगरपालिकाको चटकपुर क्षेत्रबाट तीन सय बोरा सुर्तीजन्य पदार्थ सहित ट्रक र एउटा जीप नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ना ४ क ३३०७ नम्बर ट्रकबाट भे १ च २०४० नम्बरको प्राईभेट जीपमा सुर्तीजन्य पदार्थ लोड गर्दै गरेकोमा अवस्थामा नियन्त्रणमा लिईएको जानकारी दिए।

बस्नेतले ट्रक चालक त्रिभुवन नाथ र जीप चालक चन्द्र तमौलीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए।

उनका अनुसार ट्रकबाट तीन सय बोरा मेघा श्री नामक सुर्तीजन्य पदार्थ बरामद गरिएको हो। 
  
 

कमेन्ट लोड गर्नुस