सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायी ओझाद्धारा भारतबाट फर्किएका नेपालीलाई खानाको व्यवस्था

२०७७ जेठ ८, ०९:४० खबर संवाददाता

धनगढी : कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भारतबाट फर्किएका नेपालीलाई खानाको व्यवस्था गरेका छन्।

गौरीफन्टा नाकाबाट धनगढी ल्याईएका नेपालीहरुलाई बरिष्ठ उपाध्यक्ष ओझाले खानाको व्यवस्था गरेका हुन्।

सम्बन्धित पालिका सम्म जान नपाएका झण्डै चार सय नेपालीलाई धनगढी उप–महानगरपालिका वडा नम्वर २ मा रहेको नवदुर्गा विद्यालयको क्वारेन्टाइनमा खानाको व्यवस्था गरिएको ओझाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गौरीफन्टाबाट ८ सय ५८ जना भित्रिएकोमा ३९९ जनालाई नवदुर्गा माविको क्वारेन्टाईनमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस