कैलालीमा बेहोस भेटिएका पुरुषको मृत्यु
धनगढी : कैलालीमा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। बुधवार दिउसो साढे ४ बजे जिल्लाको टीकापुर नगरपालीका वडा नम्वर १ मा बेहोस अवस्थामा फेला परेका टीकापुर नगरपालिका वडा नम्वर १ का ४० बर्षीय सिंहवहादुर चौधरीको मृत्यु भएको हो।
खुला चौरमा बेहोस अवस्थामा भेटिएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पतालमा लगिएको थियो। चेकजाँचको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ। मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।